आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
सर्वसाधारणका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुप...
कर छुटलाई निरन्तर र एकरूपमा कार्यान्वयन गर्न सरकारसँग यातायात व्यवसायीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रले पाउँदै आएको ६० प्रतिशत कर छुटलाई निरन्तर र एकरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतका निर्णयहरू कार्यान्वयनमा भइरहेक...
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नो...
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
नगर उप...
जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?
© रविन्द्र लामिछाने (नविन)
जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?
जीवन बिमा (Life Insurance) भनेको मानव जीवनसँग सम्बन्ध...



