बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अपनाउन आग्रह गरेका छन् ।
बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्याएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिम पहिरो आइस–रक एभालान्चका कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वयम्भू, बालाजु र देवीनगरका सुकुम्बासी वस्ती हटाइँदै
काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ...
मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिम...
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...
बाढी बढेसँगै कालीगण्डकी जलविद्युत्का सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । अविरल वर्षासँगै स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजनाको पावरहाउसमा रहेका सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
१४४ मेगावाट क्षमताको आयोजना कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै शुक्रबार असोज ९ देखि नै बन्द छ । ...
पहाड र हिमालमा वर्षा र हिमपात, लुम्बिनीमा ‘भारी’ वर्षाको सतर्कता
काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल...
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्ब...



