सोमबार, ०२ कात्तिक २०८३
नेपाली

बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

Main News Image

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अपनाउन आग्रह गरेका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुर्‍याएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिम पहिरो आइस–रक एभालान्चका कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ ।

अहिले देशभर आंशिक...

क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने

काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । ...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...

घट्यो काठमाडौँको न्यूनतम तापक्रम

काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ 

हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...

यती एयरलाइन्सको आजका उडान स्थगित

काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको...

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।

 यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम...