शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न

Main News Image

काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको  आज  छैटौँ  दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा  सचेतनामूलक विविध कार्यक्रम गरेको  छ ।  

आजको कार्यक्रम  अन्तर्गत ७ हजार ९ सय ८७ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, स्कुल कलेजका ६६ जना विद्यार्थीहरुलाई सचेतना, १ हजार ६ सय ३५ जना ट्राफिक स्वयंसेवक परिचालन, १ हजार ५ सय १२ जनालाई रात्रीकालिन विशेष सचेतना, ५ हजार ३ सय १५ जना  दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, २ हजार ७ सय ४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ हजार ६ सय १४ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम, १५ ओटा ट्राफिक कोण सरसफाई, २ सय ७ जनालाई मस्कट सहित सडक नाटक प्रदर्शन, १ सय ४० जनालाई आरक्षण सिट यात्रु मैत्री व्यवहार, सरसफाई कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा २ सय ९० जना सहभागी, २१ जना दुर्घटना पिडित घाइतेलाई भेटघाट, १ सय २५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाईएको, ३० जना चालकहरुलाई लागु पदार्थ सेवन गरे नगरेको चेकजाँच,  २३ हजार ७ सय ३ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका  छन् । 

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । 

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरिक्षक नरेश राज सुवेदीले  बताउनु भयो  ।  


mediabaaji add

सम्बन्धित खबर

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

नयाँ निर्णयअनुसार प्र...

बेपत्ता पुष्पाको शव नदि किनारमा फेला

सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...

ब्राउन सुगरसहित चार जना पक्राउ

रौतहट । रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आ...

ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह

काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी...

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस...

विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थ...