बालेनको चुनाबी अभियानमा दुर्घटनामा परेका सिटौलाको अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी अभियानमा बरिष्ठ नेता बालेन शाहसँगै सुदुरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर सिटौलाको टाउकोमा चोट लागेको थियो । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार टाउको ठोक्किँदा उनको मस्तिष्कनजित रक्तस्राव भएकोले उनलाई सफ्ट स्ट्रोक भएको थियो । प्रारम्भिक जाँचपछि उनलाई आइसीयूमा राखिएको छ । विस्तृत जाँच हुन बाँकी नै छ । उनको अवस्था अहिले स्थिर रहेको डाक्टरले बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सेवा प्रवाहमा नयाँ अभ्यास, राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा
काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र लाइसेन्स अब घरमा पुर्याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्न...
रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द
काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरी...
झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन
काठमाण्डौँ । भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबार विरोध ¥याली प्रदर्शनसहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानमा सुकुमम्बासी बस्तीमा जब...
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ
महाशाखाका अनुस...
आजदेखि १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाई नयाँ रिले जडान तथा परीक्षणको काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चाल...



