मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।
मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए । प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँ...
काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख
काठमाण्डौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए...
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ
काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...
ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहट । रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आ...
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...



