गायक प्रशान्त तामाङको निधन
काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामी बीच रहनु भएन छ। उफ।। वैकुण्ठमा वास होस्।’
त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त तामाङ हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...
कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना
काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।
निर्माण टि...
अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने-'न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु'
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएक...
पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद
काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...
आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)
काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।
नेपाल प्रहरीले निर्वाह गरिरहे...



