गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फिल्म्स तथा म्युजिकको दोस्रो संस्करणमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र " फिदा" बाट मुटु मै हान्यो मायाले बोलको गीत बाट अवार्ड चुमेकी हुन्, शंकर अधिकारी घायलको गीतमा बाबुल गिरीको संगीत र संगीत सम्योजन रहेको छ। हरिहर शर्मा प्रमुख आतिथि रहेको ओप्सना म्युजिक अवार्ड २०२५ नेपाल चलचित्र विकास बोर्डमा यही शनिबार सम्पन्न भएको थियो। उक्त अवार्डमा अन्य कलाकारहरूको पनि बाक्लो उपस्थिति थियो।
एक्सप्रेस
सम्बन्धित खबर
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...



