शनिबार, १६ साउन २०८३
नेपाली

संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार

Main News Image

काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र संघर्षलाई पुनः एकपटक उजागर गरेको छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा गीतको म्युजिक भिडियो विमोचन गरे । कार्यक्रममा उपस्थित दर्शकले भिडियो अवलोकन गर्दै कलाकारलाई उत्साहजनक प्रतिक्रिया दिएका थिए ।


परियार र प्रतिमा अर्यालको स्वरमा सजिएको गीतले प्रेम, बिछोड र स्मृतिको भावलाई सरल शब्दमा प्रस्तुत गरेको छ । शब्द र संगीतमा परियारकै सिर्जना रहेको गीतलाई राजिव शाहले आधुनिक स्वादमा एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेका छन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईले कथालाई जीवन्त बनाएका छन् । निर्देशन मिलन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले लोक संस्कृति संरक्षणमा यस्ता सिर्जनाको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै बर्दिबासलाई सांस्कृतिक पहिचानको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।


प्रमुख अतिथि सारदा देवी थापाले परियारको लामो सांगीतिक यात्रालाई संघर्षशील कलाकारको प्रेरक उदाहरणका रूपमा वर्णन गरिन् । उनले सीमित प्रचार र स्रोतबीच पनि निरन्तर सिर्जनामा लागिरहेका कलाकारलाई समाज र सञ्चार माध्यमले साथ दिनुपर्नेमा जोड दिइन् ।


गीत विमोचन समारोहमा बोल्दै गायक परियारले दर्शक–श्रोताकै माया र विश्वासका कारण आफू आजसम्म गीतसंगीतमै टिकिरहन सकेको बताए ।मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको उनको गीत ‘फूल खसिगो, माया बसिगो’ले लोक संगीतप्रेमीको मन जित्ने विश्वास व्यक्त गरे ।

mediabaaji add

सम्बन्धित खबर

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति !

काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन...

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न

पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ। 


‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...