बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै

Main News Image

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। त्यसैले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आजीवन सत्यको पक्षमा उभिएर अन्याय र राक्षसी प्रवृत्तिको अन्त्यका लागि मानव समुदायलाई प्रेरित गर्नुभएका श्रीकृष्णले बाल्यकालदेखि नै अनेक लीला देखाएका थिए। उनले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उहाँले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।

आजको दिन देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, भजनकीर्तन र प्रवचन आयोजना गरिनुका साथै श्रद्धालुहरू व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।

पर्वका अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका साना(ठूला कृष्ण मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ।

विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा समेत निकालिरहेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका २ कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहे...

जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेनजीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना...

यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्। यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर ति...

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा...

भोटेकोशी बाढीको १३औं दिन : राष्ट्रिय शोकमा देश, झण्डा आधा झुकाइने

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले आज सोमबार देशभर राष्ट्रिय शोक मनाउँदै छ ।

घटनाको १३औँ दिनमा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन देशभरका सरकारी कार्...