बुधबार, ११ कात्तिक २०८३
नेपाली

भारतबाट एलपी ग्यास आपूर्ति असहज हुँदा बजारमा अभाव

Main News Image

काठमाडौँ । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन आईओसीको बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ । तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ । तर बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत आवश्यक पर्ने भएकाले बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड नै हुन नसकेको निगमको भनाइ छ ।


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको १० ग्रामको मूल्य पनि आज दुई लाख ४२ हजा...

रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख १८ हजार जनाले पाए शेयर

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँठफाँट सम्पन्न गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान बाँडफाड सम्पन्न गरेको छ । कम्पनीको आईपीओ १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले ११ लाख ८० हजार २ सय ६० कि...

सेयर बजार २६५० अंकमा झर्‍यो, कारोबार ३ अर्ब ७७ करोडमा सीमित

काठमाडौँ । शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५० अंकमा पुगेको छ । बजार दिनभर राताम्मे रहँदा कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ८६ कम्पनीको मूल्य बढ्दा...