आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए । उनले भने,फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक सङ्कट आउनेछ । यसैले कांग्रेसले निर्वाचनमा जोड दिएको हो ।
कोइरालाले सरकारको आलोचना गर्दै भने, तोकिएको समयमा निर्वाचन गराउने हाम्रो आकांक्षा थियो, तर सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन। उनले थपे, यदि निर्वाचन नभए संसद पुनर्स्थापनाको सम्भावना बलियो हुनेछ। नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरा स्पष्ट गरे । उनले नेपाली कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...
कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...
प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)
काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...
सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...
दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
म्याग्दी । बेनी नगरपालिका ७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरल...
कुलमान–रवि वान–टु–वान भेट, पार्टी समायोजनमा छलफल
काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग पार्टी समायोजनका विषयमा वान–टु–वान भेटवार्ता गरेका छन् । भेटमा सम्मानजनक एकता, केन्द्रीय समितिको हिस्सेदारी र उम्मेदवारीबारे छलफल भएको बुझिएको छ ।



