मङ्गलबार, २२ वैशाख २०८३
नेपाली

सुनको मूल्यमा भारी गिरावट : एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो

Main News Image

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो तीन दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । गत आइतबार तोलामा १ हजार र सोमबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार थप ३ हजार ८ सयले घटेको हो। यसरी हेर्दा तीन दिनको छोटो अवधिमै सुनको मूल्यमा कुल ५ हजार १ सय रुपैयाँको गिरावट आइसकेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १ सय ५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा किनबेच भएको थियो । यसअघि गत माघ १८ गते चाँदीको मूल्यमा एकैदिन १५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन नेपाली बजारको इतिहासमै चाँदीको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

mediabaaji add

सम्बन्धित खबर

दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?

मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०।  नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।

नेपाल सु...

घट्यो हवाई भाडा !

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्र...

बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न...

लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात

काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल व...

बागमती प्रदेशमा घर जग्गा कारोबार घट्दै, राजस्व संकलनमा २३.६ प्रतिशतले गिरावट

काठमाडौँ । बागमती प्रदेशमा घरजग्गा कारोबार निरन्तर घट्दा राजस्वमा असर परेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार घर, भवन नक्सापास कमी आउँदा राजस्व पनि घटेको देखिएको छ । प...

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...