जाजरकोटमा ‘शक्तिहीन’ देखिए शक्ति बस्नेत
सुर्खेत । जाजरकोटको पछिल्लो मत परिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत ‘शक्तिहीन’ देखिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले नेपाली कांग्रेसका खडक बिसीलाई पछ्याइरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार बस्नेतसँग बिसीले मतान्तर बढाउँदै लगेका छन् ।
सुरुवातदेखि नै अग्रता लिँदै आएका नेपाली कांग्रेसका खड्कबहादुर बिसीले अग्रता कायमै राख्दा शक्ति बस्नेत पछ्याई रहेका छन् । विसीले एक हजार ८३९ मतसहित अग्रता कायम राखेका छन् । जाजरकोटका ६ वटा पालिकाको पुरै र छेडागाड नगरपालिकाको आधा मत गणना हुँदा बिसीले १३ हजार ७१४ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेतले ११ हजार ८७५ मतसहित पछ्याइरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ क...
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १...
आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई,...



