शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Main News Image

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ४२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो ।

परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, यूएसएसडी तथा आईभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन्। सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ।

प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्नेछन् । यसैबीच, परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका सात जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।



mediabaaji add

सम्बन्धित खबर

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्...

मंगलबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशका...