शीतलहर बढेपछि कैलालीका विद्यालय एक हप्ता बन्द
काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा अत्यधिक चिसो र शीतलहर बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरभित्रका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। पुस २४ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द रहने नगरपालिकाले जनाएको छ।
बाक्लो हुस्सु र कठ्याङ्ग्रिने चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिदा दिइएको हो। शीतलहरले कैलालीसहित तराईका जिल्लामा जनजीवन कष्टकर बनेको छ भने चिसोको असर कृषि क्षेत्रमा पनि देखिन थालेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...
एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...
देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष...



