विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड
काठमाडौँ । संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीले साझा जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरूले सार्वजनिक शिक्षा राज्यको दायदायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने तथा शिक्षामा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विगतको तुलनामा शिक्षामा सुधार भए पनि पर्याप्त नभएको विषयमा आएका सुझावलाई नीति निर्माताले ग्रहण गर्नुपर्ने बताए। उनले शिक्षामा बालमैत्री, समावेशीता, विद्यालय सुरक्षा र न्यूनतम पूर्वाधारको उपलब्धता हुनुपर्नेमा जोड दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको...
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा...
एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...
काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो...
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन...


