चिसोले जनकपुरमा चार दिन विद्यालय बन्द
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि चार दिनसम्म बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिएको छ ।
यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ । यसअघि उपमहानगरपालिकाले एक दिनका लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो । करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेसका जिल्लामा एक्कासि जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरूले झन बढी समस्या भोग्नु परेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै : यन्त्र, औजार र सवारी साधनको विधिपूर्वक पूजाआराधना
काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढ तथा श्रमिकहरूले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन् । यस अवसरमा देशभरका विभिन्न कलकारखाना, उद्योग र कार्यशालाहरूलाई विशेष रूपमा सजाएर श्रमिकहरूले भव...
युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ । समाज र राष्...



