धार्मिक र सांस्कृतिक महत्वका साथ आज देशभर साउने संक्रान्ति मनाइँदै : आजैदेखि दक्षिणायन सुरु
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने रैथाने पर्व साउने अर्थात् कर्कट सङ्क्रान्ति आज देशभर स्नान, दान तथा पूजा–आराधना गरी परम्परागत रूपमा मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। वैदिक सनातन हिन्दू परम्परामा आजको दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले विधिवत् रूपमा दक्षिणायनको सुरुवात हुने गर्दछ, जसलाई धार्मिक दृष्टिकोणले विशेष महत्वका साथ हेरिन्छ ।
नेपाली समाजमा यो पर्व कृषिसँग पनि अभिन्न रूपमा जोडिएको छ। असार महिनाभर मानो रोपेर मुरी उब्जाउने चटारोमा हिलोमैलोसँग पौंठेजोरी खेलेका किसानहरूले हिलोका कारण आउन सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाउन आजको दिन लुतो फाल्ने गर्दछन् ।
औषधीय गुणले युक्त वनस्पतिहरू जस्तै काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपाती आदि संकलन गरेर कण्डारक नाम गरेको राक्षसको पूजा गरी अगुल्टो फाल्ने प्राचीन चलन छ।
एक्सप्रेस
सम्बन्धित खबर
दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...



