सोमबार, ११ जेठ २०८३
नेपाली

थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

Main News Image

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।

गएराति दुई जनाबीच घरायसी विषयलाई लिएर भनाभन भएको थियो । विवाद बढ्दै गएपछि आक्रोशित बनेका भिनाजु समी अहमदले आफ्नै सालो जाकिर मन्सुरीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न अभियुक्त भिनाजु अहमदलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ भने मृतक मन्सुरीको शव परीक्षण पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल टीयू टिचिङ हस्पिटल पठाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...

त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।

उनले विमानस्थलको डस्टबिनमा र...

एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न

काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको  आज  छैटौँ  दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा  सचेतनामूलक विविध कार्यक्रम गरेको  छ ।  

आजको कार्यक्रम  अन्त...

मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते

काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।

घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रम...

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...