कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना
काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।
निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। कंगाल करोडपतिमा मुकुन र सलिना पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन् । फिल्ममा अनुबन्धित भएपछि सलिनाले कंगाल करोडपति आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन् ।
ुयस फिल्ममा एउटा पात्रका रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु । मेरो अभिनय र यो फिल्मलाई दर्शकले माया र साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु, उनले भनिन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
काठमाण्डौँ । बलिउड अभिनेत्री सन्नी लियोनी आज शनिबार काठमाडौँ आउँदै छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन समारोहमा सहभागी हुन उनी आज यहाँ आउने भएकी हुन् । सोही समारोहमा सहभागी भएर बलिउड अभिनेता सञ्जय दत्त शुक्रबार मात्र...



