नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार
काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको डिएसपी शैलेन्द्र थापाले बताएका छन् । उनको अवस्था अहिले सामान्य रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
...
पश्चिमी न्युन चापीय रेखा र स्थानीय वायूको प्रभाव : यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जसको कारण देशका विभिन्न ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज कोशी, बागमती...
बागमती र गण्डकीमा अति भारी वर्षाको जोखिम, देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभ...
मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागम...
चार प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
कोशी...
कहिले सुध्रिएला मौसम ? मौसमविद्ले दिए यस्तो जानकारी
काठमाडौँ । उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ । नेपाल मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो । मौसमविद् रो...



