खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाको धारणा सार्वजनिक
काठमाडौँ । बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। राष्ट्रिय जनावर गाईसँग सम्बन्धित टिप्पणी विवादमा आएपछि पार्टीले यस विषयमा गम्भीर चासो व्यक्त गरेको हो ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा सुनार पार्टीमा आबद्ध हुनु अघि व्यक्त विचारका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक तथा सांस्कृतिक भावनामा परेको असरप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिसकिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उम्मेदवार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु(पंक्षीको हत्या समर्थन नगर्ने र राष्ट्रिय जनावरप्रति पूर्ण सम्मान रहेको कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसकेको जनाइएको छ । सामाजिक सञ्जालमा प्रसारित केही सामग्री सन्दर्भविहीन रूपमा प्रस्तुत हुँदा भ्रम सिर्जना भएको भए पनि त्यसबाट आहत भएका भावनाप्रति उनले आत्मालोचना गर्दै माफी मागेको पार्टीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल स...
पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।
मतपत...
हर्क साम्पाङले सुरु गरे दार्चुलामा पुल बनाउने अभियान
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा पुल बनाउने अभियान थालेका छन् । धरानका साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गर...



