मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

Main News Image

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् । सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने उनले प्रतिबद्धता जनाए ।

उनले भने,‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनैपनि हालतमा असफल हुने छुट छैन ।  तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौं ।’

रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताए । संसदमा रास्वपाको उल्लेखनीय संख्या भएकाले पूराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे ।

खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन् । यसअघि बागलुङ जिल्लाको क्षेत्र नं २ बाट प्रत्यक्ष चुनाव जितेका केसी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनेका हुन् । जन...

आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले...

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । बैठकले मंसिर पहिलो साता रा...