रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् ।
नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३(०८४ को पोष्ट बजेटसम्बन्धी अन्तरक्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए । लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजे...
संसद्का दुवै सदनको बैठक बस्दै : आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू टेबल गरिने
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज मंगलबार छुट्टाछुट्टै समयमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको हो। आज बस्ने दुवै सदनको बैठकमा महत्त्वपूर्ण...
योगेश भट्टराईको ६ शब्दको स्ट्याटसले एमालेमा तरंग
काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले मंगलबार साँझ सूर्यास्तलाई पृष्ठभूमिमा राखेर तस्बिर सेयर गर्दै लेखे– ‘मित्रहरू घाम अस्ताएको हो, जीवन होइन ।’ भट्टराईले लेखेको यो छोटो स्ट्याटसले यतिबेला एमाले कार्यकर्तामा तरंग सिर्जना...



