रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता
दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरुपमा राखिएको छ। उनीहरूको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए ।
डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो। हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरुको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए ।
उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
काठमाण्डौँ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नाग...
कर्मचारी ट्रेड युनियन खारेज : राजनीति गर्ने कर्मचारीको जागिर जाने
काठमाडौँ । मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन सं...
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, यात्रुको अबस्था कस्तो छ ?
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । खाँडादेवी ७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बाप्र ०८(००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालकसहित कुल ६...
बूढीगण्डकीको विनाशकारी बहाव : के भन्छ बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदन ?
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुभजेनजिक बूढीगण्डकी नदीमा आएको असामान्य बाढी हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र त्यसपछि अवरोध कमजोर भएर वा भत्किएर एक्कासि ठूलो बहाव निस्किएको हुन सक्ने प्रारम्भिक...
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सह...
हुम्लाका हिल्सालगायत उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो अत्यधिक बढ्यो
हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा शुक्रबार साँझदेखि लगातार वर्षासँगै हिमपात भइरहेको छ । नाम्खा गाउँपालिका–६ स्थित चीनसँगको सीमावर्ती बजार हिल्सा, न्यालु र नारा लेख लगायतका अग्ला क्षेत्रहरूमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
हि...



