रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशकी सांसद
काठमाडौँ । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन् । प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । को मंसिर ११ को निर्णयअनुसार रिक्त स्थानमा उनलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।
पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रममा रुपन्देहीको देवदह नगरपालिका(५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा भएकाले अवसर पाएकी हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेस सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। असोज २२ गते हुने निर्वाचनका लागि मुख्य पद सभापतिमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ...
नयाँ आईजीपी नियुक्तिबारे ओलीको कटाक्ष_'अह्राएको काम गर्छन् भनेर बनाएको होला'
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक आईजीपी फेरबदल गर्ने सरकारको निर्णयप्रति तीखा कटाक्ष गरेका छन् । नवनियुक्त आईजीपी डा। मनोज केसीको नियुक्तिलाई लक्षित गर्दै उनले सरकारले आफ्नो अनुकूल काम गराउन...
रास्वपाले चयन गर्यो मुख्य सचेतक र सचेतक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रा...



