भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना
काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको हो ।
‘भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल(चीन सीमा क्षेत्रमा भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेको थियो’, प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ। बाढीको प्रभाव र कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो । तर जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको झन्डा फहराइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु
काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...



