रिपब्लिकन नियन्त्रित सिनेटमा इरान युद्ध विरुद्ध प्रस्ताव पारित
काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही रोक्न वा जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने युद्ध प्रस्तावलाई पारित गरेको छ । अमेरिकी सिनेटमा उनको रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले यसलाई ट्रम्पका लागि ठूलो धक्काको रूपमा हेरिएको छ।
मंगलबारको मतदानमा केही रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूसँग सामेल भए । यो इरान युद्धप्रति डेमोक्र्याट र रिपब्लिकन दुवैको आक्रोशको कारणले भएको मानिन्छ। प्रस्ताव ५०(४८ को मतले पारित भयो । जुन महिनामा प्रतिनिधि सभामा पनि यही प्रस्ताव पारित भएको थियो, जहाँ चार रिपब्लिकन सांसदहरूले २१५(२०८ को मतले यसलाई अनुमोदन गर्न सबै डेमोक्र्याटहरूसँग सामेल भए ।
एक्सप्रेस
सम्बन्धित खबर
मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट : बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ । विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपो...
बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटम...
राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु
काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ...
हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार
काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...
जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै...
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त
काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्...


