अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ ।
अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ । टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १,३ को सैन्य टोली अहोरात्र खटिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशर...
आगलागीबाट एक महिनामा आठको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...
पोर्चुगलमा दुई हजार नेपाली संकटमा
काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावास...
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आईजीपी र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार ब...
जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ । विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...
युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ । समाज र राष्...



