कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।
उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्तो छ आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
काठमाण्डौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रह...
चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो
काठमाडौँ । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी...
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
जसको प्रभावले हाल देशभर अ...
आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ । यतिबेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मध्य...
धेरै भारी वर्षा/हिमपातको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । यस साताको अन्त्यमा देशमा धेरै भारीसम्म वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...
मौसम पूर्वामानुमान : उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभन...



