मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह : २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु

Main News Image

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्वसावधानीका उपायहरू पालन गर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार वर्षाको समयमा यात्रा गर्दा निकै चनाखो हुनुपर्नेछ । ठूलो पानी परिरहेका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न र बाढी आएको अवस्थामा खोला, खोल्सा वा नदी तर्ने प्रयास नगर्न सचेत गराइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आज कति छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ?

काठमाडौँ । देशभर दैनिक चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम घट्दै गएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ ।

 जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भ...