रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।
भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।
विगतका वर्षमा पर...
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...
प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले च...
शिक्षक आन्दोलन एकाएक किन भयो स्थगित ?
काठमाडौँ । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ? पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त...



