मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

Main News Image

म्याग्दी ।  पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ । 

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँच मार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिइन् ।

“मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठुला सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भएको छ,” उनले भनिन्, “पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।”


mediabaaji add

सम्बन्धित खबर

१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार ति...

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।

सभामुख अर्याल भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्व...

भक्तपुर–१ बाट रुकेश रन्जित विजयी, प्रेम सुवाल पराजित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३३,४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी नेक...

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन्। छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी क...

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजिनामा, अब चुनाव लड्ने

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आगामी माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको पुष्टि गरेका हुन् । महानगरमा बालेन शाहको सारथिको रूपमा चिनिएका पाण्डेले अब के गर्...

ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी पुन...