बुधबार, ११ कात्तिक २०८३
नेपाली

घट्यो हवाई भाडा !

Main News Image

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ ।

नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ। यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, काठमाडौं–भद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ, काठमाडौं–विराटनगर उडानको तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा घटेर अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ।

कुन उडानमा कति भाडा घट्यो ?

काठमाडौं–माउन्टेन फ्लाइट : २१०

काठमाडौं–भद्रपुर : १८०

काठमाडौं–विराटनगर : १४०

काठमाडौं–जनकपुर : ७५

काठमाडौं–पोखरा : ९५

काठमाडौं–भरतपुर : ६५

काठमाडौं–भैरहवा : १२५

काठमाडौं–नेपालगञ्ज : १९५

काठमाडौं–धनगढी : २६५

काठमाडौं–तुम्लिङटार : ११०

काठमाडौं–सिमरा : ५५

काठमाडौं–सुर्खेत : २१०

काठमाडौं–राजविराज : १२५


mediabaaji add

सम्बन्धित खबर

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन य...

२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से  परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...

डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।