पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड
काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।
सन् २०२५ डिसेम्बर २८ र २९ २०८२ पुस १३ र १४ मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल(भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह(अध्यक्षता नेपाल सरकारका सह(सचिव डा। हरि बहादुर के।सी। र भारत सरकारका अतिरिक्त सचिव डा। प्रमोद कुमार मेहेरदाले गरेका थिए ।
बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०२४–२५ मा नेपाल–भारतबीचको कृषि व्यापार १।६ अर्ब अमेरिकी डलर नाघेको छ । दुवै पक्षले यस व्यापारलाई सन्तुलित, सुरक्षित र दीर्घकालीन बनाउने प्रतिबद्धता जनाएका छन् । भारतीय पक्षले ‘छिमेकी पहिलो’ नीतिअनुसार नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने स्पष्ट संकेत दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोलियम पदार्थको मूल्यमा घटबढ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य मिलान गर्दा डिजेल र मट्टिेतेलको भाउ घटेको छ भने हवाई इन्धनको भाउ बढेको छ । डिजेल र मट्टितेल...
अर्थ मन्त्रालयबाट दुई सहसचिव बाहिरिए, तीन पद रिक्त
काठमाडौँ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अर्थ मन्त्रालय मातहत कार्यरत दुई जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनी र महालेखा...
अविरल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौँ । अविरल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्तावसहित आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा झापामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बि...
तातोपानी र रसुवागढी खुलेपछि कोरलानाकाको कारोबार घट्यो
मुस्ताङ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट आउने मालवाहक कन्टेनर निकै कम भएका छन् र जाँचपासका लागि ८–...
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ । युर...
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
काठमाडौँ । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्र...



