निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।
निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक भएको भए पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौँ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश...
मौसम पूर्वानुमान : हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन् । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको...
कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, देशका अन्य भागमा यस्तो छ अवस्था
काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णा...
विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य
काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन् । शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले क...
बीपी राजमार्ग : स्थायी पुनर्निर्माणको दौडधुपबीच वर्षात् र पहिरोको चुनौती कायमै
बनेपा । लगातारको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट(भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अ...



