कप्तानगञ्ज झडपमा घाइते रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा निधन, मृतकको संख्या ३ पुग्यो
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। घटनालगत्तै थप उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङमा मङ्गलवार बिहान साढे १० बजे निधन भएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेका कारण शरीरमा लागेको गोली निकाल्न सकिएको थिएन । बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेपछि चिकित्सकहरूले शल्यक्रियामार्फत उनको खुट्टा समेत काटेका थिए, तर उपचारकै क्रममा उनलाई बचाउन सकिएन ।
यसअघि नै उक्त झडपका क्रममा गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको ज्यान गइसकेकाले कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको कुल संख्या ३ पुगेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...
सहिदको तस्बिरमा मल्यार्पण गरेर जेनजीको माइतीघरमा सामूहिक भाइटीका
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व,...
सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने
काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले...
पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने
काठमाडौँ,कात्तिक २२।दक्षिण कोरिया नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री...
महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको...



