आइतबार, ०८ कात्तिक २०८३
नेपाली

रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

Main News Image

काठमाडौँ । आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ।

आज  रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताएका हुन्।

रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ।

mediabaaji add

सम्बन्धित खबर

गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ।  शुक्रबार आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले...