शनिबार, १४ कात्तिक २०८३
नेपाली

मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ

Main News Image

काठमाडौँ । झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ । अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन। बालेनले सरकार गठनमा आफूलाई सहज हुने गरी मन्त्री चयन गर्न पाउनु पर्ने पक्षमा रहेका छन् ।

स्रोतका अनुसार वरिष्ठ नेता बालेनले सभापति रविलाई ‘तपाईं पार्टी चालाउनु, मलाइ सरकार चलाउन दिनु’ भन्ने प्रस्ताव गरेका छन् । मन्त्रालय घटाएर सरकार गठन गर्ने तयारीमा रहेका बालेनले मन्त्री चयन आफूलाई अनुकुल हुने गरी गर्न दिन रवि समक्ष प्रस्ताव गरेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

वैकल्पिक कम्युनिस्ट शक्ति बनाउन छलफलमा जुटे विप्लव, घनश्याम र जनार्दन

काठमाडौँ । वामपन्थी दलहरूको एकता र विग्रह भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच छलफल भएको...

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क साम्पाङको आपत्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई हर्क साम्पाङले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् । आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतम...

पदबहाली लगत्तै गृहमन्त्री सुधन गुरुङको घोषणा : राजदरबार हत्याकाण्डको थप छानबिन गरिने

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले इतिहासकै सर्वाधिक चर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को थप छानबिन गर्ने घोषणा गरेका छन् । मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरेलगत्तै उनले यस्तो नीतिगत घोषणा गरेका हुन...