रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन पार्टीका नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अनुपस्थित रहेका छन् । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित उक्त कार्यक्रममा दुवै शीर्ष नेता पूर्वनिर्धारित कार्यतालिका अनुसार सहभागी हुनुपर्ने भए पनि उनीहरू उद्घाटन सत्रमा उपस्थित हुन सकेनन् ।
पार्टीका उपसभापति डीपी अर्यालका अनुसार सभापति लामिछाने स्वास्थ्य समस्याका कारण उद्घाटन सत्रमा आउन नसकेको बताएका छन्। यस्तै, वरिष्ठ नेता बालेन्द्र शाह पनि स्वास्थ्य र व्यस्तता दुवै कारण कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ । यद्यपि, अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा भने सभापति लामिछानेले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रविको मुद्दा फिर्ताबारे आजदेखि सुनुवाइ गर्दै सर्वोच्च, तोकियो इजलास
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता सम्बन्धमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले आज आइतबारदेखि सुनुवाइ गर्दै छ । यसका लागि आज सर्वोच्चका न्यायाधीशद्वय सा...
राजनीतिक दल होस् त यस्तो !
राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो...
माघ १९ मा निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते र...



