शनिबार, १० असोज २०८३
नेपाली

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

Main News Image

काठमाण्डौँ । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका(४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

आज स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमा...

भोटेकोशीमा फेरि बाढी : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ । बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

रसुवाका सहायक प्रमुख...

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।...

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले &nb...

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१...