बिहिबार, १२ कात्तिक २०८३
नेपाली

रास्वपा केन्द्रीय समिति : कुलमान समूहबाट उपसभापतिसहित १२ जना

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना थप हुने भएका छन् । आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले सहमतिलाई अनुमोदन गरेको हो । आजै विवेकशील साझाबाट आएका ७ जना केन्द्रीय समितिमा थपिएका थिए । अब उज्यालो नेपाल र बालेनको टिमबाट समेत थप गर्दा १०४ सदस्यीय केन्द्रीय समिति बन्ने भएको छ ।

कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाले गत पुस ४ मै सहमति गरिसकेको थियो । एक नेताका अनुसार रास्वपामा कुलमान घिसिङ दोस्रो वरीयतामा रहनेछन् । बालेन तेस्रो, डिपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा रहनेछन् । यसअघि रवि पार्टी सभापति र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।


mediabaaji add

सम्बन्धित खबर

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र...

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला न...

बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाच...

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी...