राष्ट्र बैंकले आज एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने,बजारमा अधिक तरलता कायमै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार पुनः एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको दुई साता बित्न लाग्दा समेत बजारमा तरलताको चाप कम नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो रकम खिच्न लागेको हो ।
लामो समयदेखिको आर्थिक शिथिलता र हालैको जेनजी आन्दोलनका कारण बैंकहरूबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न सकेको छैन । कर्जाको माग न्यून रहेकै बेला कुल निक्षेप ७८ खर्ब रुपैयाँ नाघेपछि बैंकहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन् । यही अधिक तरलता र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन यु...
नेप्से ५ अकंले बढ्यो, १५ अर्ब ७८ करोडको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोडको कारोबार भएको हो ।
आज ७ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको ०.२० प...
नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न
पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the...



