बुधबार, ११ कात्तिक २०८३
नेपाली

राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पुस २३ गते फेरि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ जारी गर्न लागेको हो । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ । एकवर्षे अवधिको यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २३ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।


 

mediabaaji add

सम्बन्धित खबर

नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...

२७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाखको सेयर कारोबार भएको ३१ कम्पनीको सेयर मूल्य घट...

पठाओ र इनड्राइभका राइडरले अनिवार्य प्यान लिनुपर्ने

काठमाडौँ । सरकारले पठाओ र इनड्राइभ जस्ता राइड-सेयरिङ सेवालाई करको दायरामा ल्याउँदै मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐन, २०८३ मार्फत भ...