मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा एक करोडसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ।

त्यस्तै, इजाजतप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था बमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ। यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो।

केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संसथालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ।

विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति १५ लाख बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

यसअघि त्यस्तो कर्जा सात लाख बराबर मात्रै उपलब्ध गराउन सकनिे व्यवस्था थियो। समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौं उपत्यकामा जग्गाको नयाँ सरकारी मूल्य निर्धारण : न्युरोड, दरबारमार्ग र माइतीघर क्षेत्र सबैभन्दा महँगो

काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभाग अन्तर्गतका मालपोत कार्यालयहरूले नयाँ आर्थिक वर्ष २०८३र८४ का लागि देशैभरिका जग्गाको न्यूनतम मूल्यांकन अर्थात् सरकारी मूल्य सार्वजनिक गरेका छन् । मालपोत कार्यालयहरूले जग्गाको प्रयोजन र बाटोको पहुँचका आधारमा...

नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात...

आजको विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डसहित प्रमुख मुद्राको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८० पैसा र बिक्री दर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५...

काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द

काठमाडौँ । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो।

...

होटेल भ्यु भृकुटीले अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी १, २०२६ सम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।



अ...