काठमाडौंमा तीव्र रूपमा घट्दै तापक्रम, आज कति छ न्यूनतम ?
काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दै गएको र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ ।
बुधबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार गत अक्टोबर १ तारिखमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै क्रमशः १८, १७, १६ र १५ हुँदै १४ डिग्री सेल्सियसमा झरेको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ। बिहान ८:४५ बजेको वास्तविक मापनमा प्रारम्भिक तथ्यांकभन्दा तापक्रम अझै थोरै घट्न सक्ने सम्भावना रहन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...
टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र...
अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ । शनिबार साँझ एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, प...
रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन
काठमाडौँ । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जन...
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार न...
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...



