शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

कांग्रेसका १९ पदाधिकारीको वरीयता तोकियो, को कतिऔं स्थानमा ?

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीहरूको आधिकारिक वरीयताक्रम निर्धारण गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण सम्पन्न भएलगत्तै बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीहरूको वरीयता टुङ्ग्याएको हो।

निर्धारित वरीयताअनुसार पार्टी सभापति गगन थापा पहिलो स्थानमा रहेका छन् भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिलातर्फकी उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा रहेकी छिन्। यसैगरी, खुलातर्फबाट उपसभापतिमा निर्वाचित डा। चन्द्रकान्त भण्डारी र मधु आचार्य क्रमशः चौथो र पाँचौँ वरीयतामा रहेका छन् भने समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा रहेका छन्।

mediabaaji add

सम्बन्धित खबर

घृणाजन्य अभिव्यक्ति र भ्रामक सामग्री नफैलाउन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा घृणाजन्य अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गरेको छ । मन्त्रालयले यस्ता गतिविधिले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने भन्दै सचेत गराएको हो ।&nbs...

तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौँ । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले उक्त सिफारिस स्वीकार गर्ने...

जुम्लाका ६५ प्रतिशत मतदानस्थल अति संवेदनशील

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका जुम्लाका ६५ प्रतिशत मतदानस्थल अति संवेदनशील रहेको छ । यहाँ रहेका ८५ वटा मध्ये ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...

निर्वाचन आउन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउने तयारी

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु...

रवि लक्षित हर्कको टिप्पणी : जसले नेपाली नागरिकता त्याग्यो, उसैले देश बनाउने रे !

काठमाडौँ । धराम उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा तीखो आलोचनाका लागि चर्चित छन् । मन नपरेको र आफूलाई लागेको जुनसुकै विषय पनि उनी तत्काल प्रतिक्रिया जनाइहाल्छन् । आफू पनि श्रम गर्ने र अरुलाई पनि श्रमदा...