राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो ।
रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए। विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए ।
“गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्रतिदिन बढ्दै गएकाले गाउँका मानिसलाई गाउँमै राख्न र आम्दानीसित जोड्ने उद्देश्यसहित राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लगेका छौँ”, उनले भने । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वडा, नगर, प्रदेश, सङ्घ तथा स्थानीयको व्यक्तिगत सहयोग तथा जनश्रमदानबाट भवन, प्रतीक्षालय, चौपारी निर्माण, ससाना बालबालिकादेखि सबैलाई हुने खालका पिङ, शौचालय निर्माण गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भोलिदेखि पुन: आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
काठमाडौँ । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आ...
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु
काठमाडौँ । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो ।...
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ढोरपाटन । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा म...
बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...



