बुधबार, ११ कात्तिक २०८३
नेपाली

आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता

Main News Image

काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोश्रो भए । तेश्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने ।

साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन् । पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।

दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो, रेवतबहादुर दाहाल तेश्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने ।

भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिलामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोश्रो र तेजबहादुर गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन् । कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो ।

विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

दौडमा १ हजार ४ सयको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा...

स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।

स्कटल्य...

नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार

काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेश...

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...